- एनआरएनए डेका अवसरमा बन्द्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भएपनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाबी छ ।
काठमाडौं : गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठले एनआरएनए एकताका लागि अन्तिम प्रयास भइरहेको बताएका छन् ।
एनआरएनए डेका अवसरमा बन्द्री केसी समूहसँग एकताको प्रयासका लागि पटक पटक प्रयास भएपनि असफल भएको उनले बताए । तर एकताको प्रयास नजिक पुगिसकेको उनको दाबी छ ।
‘एनआरएनएका डे का दिन एकताको घोषणा गर्नका लागि अभ्यासहरु भएका थिए । तर कसरी आ–आफ्नो अस्तित्व स्वीकार गरेर अघि बढ्ने, कसरी स्वामित्व ग्रहण गर्ने र कुन मोडालिटीमा एकता गर्ने भन्ने विषयमा अझै निष्कर्ष निस्किएको छैन् । हामी एकताको अन्तिम तयारी गरिरहेका छौं,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने ।
श्रेष्ठले केही एजेन्डामा कुरा नमिलाकाले एकता घोषणा गर्न नसकेको उनले बताए । सरकारका तर्फबाट पनि परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर एकताको प्रयास भइरहेको उनले बताए ।
एनआरएनएको बद्री केसी समूहले दावी गरेको आफ्नो कार्यकाल बुधबार, २८ असोज (अक्टोबर १४, २०२५) देखि सकिएको छ । कार्यालय सकिएपछि केसी पक्षले पनि सकारात्मक रुपमा एकताको प्रयास गरिरहेको बताइन्छ ।
सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले गत मे ३–४ मा काठमाडौंमा आयोजना गरेको एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको वैधानिक कार्यसमितिलाई सचिवालयमा प्रवेश दिएको छैन् ।
सर्वोच्चको दोस्रो फैसलालाई हवाला दिँदै केसी पक्षले आफूहरुको कार्यकाल अक्टोबर १४, २०२५ सम्म भएको दावी गर्दै आएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’